काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् । कास्की – १ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे बोलेका हुन् ।

आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले सामाजिकसंजाल फेसबुकमा लेखेका छन्, ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपा म उम्मेदवार हुने यहीँबाट हो ।’


प्रतिक्रिया