काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन् ।
सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका छन् । अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए ।
उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ । साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन् ।


प्रतिक्रिया