Breaking

प्रचण्डलाई भेट्न खुमलटार पुगे कानुनमन्त्री कोइराला


काठमाडौँ – कानूनमन्त्री गोविन्दप्रसाद कोइराला शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न कोइराला आज विहान खुमलटार पुगेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको जनाइएको छ । प्रचण्डसँग कोइरालाले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा छलफल भएको जनाएको छ । यससम्बन्धी विधेयक संसदमा दर्ता भएको छ ।

पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने प्रावधान घुसाएर यस्तो विधेयक ल्याइएको भन्दै विरोध गरिरहेका बेला मन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।