काठमाडौँ —नगर प्रमुखमा नियुक्त भएसँगै कामकै कारण निरन्तर चर्चामा रहेका बोलेन्द्र शाहको कामको अन्य प्रमुखहरु पनि पनि अनुशरण गर्ने गरेका छन् । सार्वजनिक सौचालयदेखि अनधिकृत संरचना हटाउनेसम्मका काममा बालेन्द्र शाहको कामको अनुशरण देशभर भएका छन् । काठमाडौँका मेयर बालेन्द्र साहले अनधिकृत संरचनामाथि डोजर चलाउन थालेको मंगलबार ९ दिन भयो । भदौ ६ देखि सुरु भएको यो कार्यले अहिले पनि निरन्तरता पाई नै रहेको छ । विभिन्न अवरोधलाई छिचोल्दै महानगर यो अभियानम दृड देखिन्छ । राजधानी शहरमा पार्किङको मुख्य समयस्या रहेको र व्यापारिक केन्द्र रहेको बसन्तपुर, न्युरोडमा अहिले पनि नक्साविपरितका संरचनामा सञ्चालित व्यवसायहरु हट्ने क्रममा छ ।
महानगरलाई व्यवस्थित गर्न साम, दाम, दण्ड र भेद सबै उपाय अपनाएको मेयर बालेनले प्रसंसासँगै आलोचना पनि खेपिरहेका छन् । लामो समयदेखि व्यवसाय गर्दै आईरहेका व्यापारीहरुले बालेनको अभियानलाई आतंकको नाम दिएका छन् । बालेनको कार्य स्वागतयोग्य भए पनि उनको शैलीप्रति भने उनीहरु निराश छन् । उनीहरु समय दिन अनुरोध गर्दा गर्दै पनि पेलेरै अघि बढ्नु व्यापारिमाथि अन्याय भएको बताउँछन् । लोकतन्त्रमा स्थानीय सरकारले आफुहरुलाई उल्लेख्य समय नदिएको र मेयरले निरंकुशता लादेको व्यापारिहरुको आरोप छ ।
काठमाडौँका तीन सय बढी व्यापारिक भवनको बेसमेन्टमा हाल नक्सा विपरित अनधिकृत व्यवसायहरु सञ्चालनमा छन् । यस्तोमा महानगरको यो कार्यलाई व्यापारिले मौसमी अभियानको रुपमा मात्रै लिएको पनि बुझिन्छ । तर काठमाडौँ महानगरपालिका भने अनधिकृत रुपमा बनेका त्यस्ता संरचनाहरु जतिदिन लगाएर पनि भत्काउने तयारीमा छ । महनगरले कुनै पनि बाहनामा अभियानबाट पछि नहट्ने संकेत गरेको बुझिन्छ ।
बालेनको कार्यलाई धेरैले स्वागत गरेपछि यसकै सिको गर्नेको संख्या पनि बढेको छ । निरन्तर रुपमा एक्सनमा उत्रिएका बालेनको कार्यले केही दवाव र हौसला प्राप्त भएपछि देशका विभिन्न स्थानीय तहका प्रमुखहरु पनि एक्सनमा उत्रन थालेका हुन् । सार्वजनिक सैचालयदखि अनधिकृत संरचना हटाउने कार्यसम्म बालेको कामको देशभरका मेयरहरुले अनुसरण गरेका छन् । पोखरा महानगरपालिका, भक्तपुर नगरपालिका, हेटौडा उपमहानगरपालिका, कोहलपुर नगरपालिकाले पनि अवैध संरचना र नक्सा विपरितका भवनहरुमा डोजर चलाउने गृहकार्य गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवार बालेन र हर्कको केही सक्रियताले प्रमुख दलहरुलाई केही धक्का त परेकै छ । जसको प्रभाव ती दलका नेताहरुले समेत अपनाउन थालिसकेका छन् । मेयरको काम डोजर लिएर हिड्ने होइन भनेर आलोचना गर्ने तिनै पार्टीका नेताहरु अहिले त्यसैको अनुशरण गरिरहेका छन् ।


प्रतिक्रिया