काठमाडौँ — निर्वाचन नजिकिदै जाँदा आफ्नो प्रचारमा लागेका नेताहरु भड्किलो भाषणवाजीमा व्यस्त छन । आफ्ना कार्यकर्तालाई उचाल्ने र विरोधीलाई भौतिक कारबाहीसम्म गर्न अभिप्रेरित गर्नेमा शीर्ष नेतादेखि पूर्वमन्त्री नै अग्रसर देखिएका छन । निर्वाचनको मुखमै उनीहरुको यी अभिव्यक्तीले नेतृत्वको राजनैतिक संस्कार र चेतसमेत छताछुल्ल भएको छ
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीवीचको तल्लो स्तरको आरोपप्रत्यारोप नेपाली राजनीतिमा अव नौलो रहेन ।
त्कालिन नेकपाको विघटनसँगै यो लिष्टमा प्रचण्ड पनि थपिएका छन् । उनीहरुकै सिको गर्दै दोस्रो तहका नेताहरु पनि स्तरहीन गालीगलौचमा रमाउन थालेका छन् । त्यसको पछिल्लो उदाहरण बनेका छन् पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेत। बस्नेतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
वालेनको कामको खरो विरोध गर्दै आएका उनले भौतिक कारबाही मै जान कार्यकर्तालाई निर्देशन दिएपछि चौतर्फी आलोचनाको शिकार भएका छन ।सोमरबार पार्टी प्रवेश कार्यक्रममा वोल्दै बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको भन्दै सकभर मुखले सम्झाउनउन र मुखले सम्झाउँदा नमाने हात गोडा के केले हुन्छ सम्झाउन निर्देशन दिएका हुन ।
त्यसको जिम्मा पार्टीले लिने बताएका उनले यसअघि पनि आफू विरुद्ध लेख्ने केहिलाई आफ्नै खर्चमा मानसिक अस्पताल पुर्याउने अभिव्यक्ति दिएका थिए । तर यसरी भड्किलो अभिव्यक्ति दिने बस्नेत मात्र एक व्यक्ति हैनन् । केहि समय अघि कांग्रेसबाट वागमती प्रदेशका सांसद रहेका नरोत्तम बैद्य यस्तै अभिव्यक्तिका कारण विवादमा आएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनताका अघि जान नसकको बताएका उनले आफूलाई नाथुराम गोड्ने बन्न मन लाग्ने गरेको बताएका थिए ।
त्यस्तै केहि दिनअघिमात्र पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले समेत आपत्तीजनक अभिव्यक्ति दिएका छन । धनुषामा शनिवार कांग्रेसद्वारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियानको उद्घाटन गर्दै उनले एमालेका नेतालाई लखेट्नुपर्ने भड्काउ अभिव्यक्ति दिए ।सह–महामन्त्री यावदले एमाले नेतृ जुली महासेठलाई लक्षित गर्दै गाउबाट लखेट्न कार्यकतालाई आग्रह गरेका हुन ।यसअघि हेमबहादुरले पनि श्रीमतीसँग मिलेर ठगेँको बताएका उनले नागरिकता विधेयकको विरोध गर्ने महासेठ दम्पतिलाई हेमबहादुर भन्दा बेहाल गरिदिने धम्की समेत दिएका थिए ।
राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भने यसलाई नेताहरुको आतंकित मनस्थितीको उपज मान्छन । दलहरुका कार्यबाट आजित मतदाताले परिवर्तन खोजिरहेको र त्यसको संकेत समेत देखाईसकोको अवस्थामा नेताहरु त्रसित हुन थालेको उनको भनाई छ । पार्टीका लागि कानुन नै हातमा लिन समेत पछि नपरेका विगत भएका उनीहरुले यो अभिव्यक्ति दिनुले हाम्रा दल र नेताहरुको चरित्र उदाङ्गो बनाएको उनको भनाई छ ।
हुन त व्यक्तिगत पृष्ठभुमीले पनि नेताहरुको अभिव्यक्तिहरु निर्देशित हुने गर्दछ । त्यस्तै आफु र आफ्नो दल कानुनभन्दा माथि रहेको घमण्डले पनि यस्ता अभिव्यक्ति आउनुमा भुमिका खेलिरहेका छन । जसले दलको छत्रछायाले कतिसम्म अनैतिक कामलाई पनि सुनपानी छर्किने रैछ भन्ने समेत यस्ता अभिव्यक्तिले प्रष्ट पारेको छ । त्यसमाथि उनीहरु यस्ता अभिव्यक्तिमा दलहरुको मौन स्वीकृतले समेत दलहरुको चरित्र छर्लङ पारेको छ ।


प्रतिक्रिया