काठमाडौँ — तपाई हाम्रो गाउँघर तिर क्यान्सर र मृगौला पीडितको नाममा कोही अटो, मोटरसाइकल वा स्कुटर लिएर, अगाडि व्यानर र पछाडि डिजे बजाउँदै सहयोग माग्न आएको हुनुपर्छ । अझ फलानो नामको बच्चा यति बर्ष देखि क्यान्सर पीडित छ, विचराका बुवा पनि छैनन् आर्थिक अवस्था कमजोर छ , सहयोग गरिदिनु पर्यो भन्दै रसिद बोकेर सहयोग माग्न आउने पनि बाक्लै होलान् । आफुले २÷४ सय सहयोग गर्दा अरुको ज्यान बच्छ भने किन नगर्ने भन्दै सकेको सहयोग गर्नु भएकै होला ।
एक पटक यो दृश्य नियालेर हेर्नुस् त ? अनुग्रह युवा समाज नामक यो संस्थालाई, तपाईले कति पटक सहयोग गर्नुभएको छ ? अनि सहयोग गरेको पैसा साचै बिरामीसम्म पुगेको छ कि छैन भनेर कहिले खोजी गर्नु भएको छ ?काठमाण्डौको बौद्धमा रहेको यो संस्थाले सहयोगको नाममा पैसा उठाएर ठगी गरीरहेको छ ।
त्यसैत हामी कमलो मन भएका नेपाली सहयोगीको भावना धेरै नै हुने गर्छ । तर तपाईले गरेको त्यो सहयोग अहिले मोजमस्तीमा उडिरहेको छ ।आज हामी सदा सहायता देखाएर विरामीको नाममा असुली धन्दा चलाउने यो गिरोहको भेद खोल्दैछौ । समाज सेवाको आवरणमा यो संस्थाले तपाईहाम्रो पैसामात्रै ठगेको छैन भावना माथि समेत खेलबाड गरिरहेको छ । झट्ट सुन्दा पत्याउनै नसकिने यो फिल्मी शैलीको अपराध धन्दाले हाम्रो समाज कति कु्रर बन्दैछ भन्ने प्रस्ट हुन्छ ।आज भोलि मृगौला र क्यान्सर पीडितको नाममा पैसा उठाउने एउटा ट्रेननै चलेको छ ।
हो नहुनेलाई हुनेले सहयोग गर्नुपछर्, त्यो नै मानवियता हो तर । त्यसैलाई व्यापार बनाएर केही समाज सेवोको पोगरी गुथेका मुखुण्डोधारीहरुले गरिव निमुखालाई ढाल बनाएर गोरखधन्दा चलाईरहेकाछन् । समाज सेवाको नाममा क्यान्सर र मृगौला पीडितलाई सहयोग गर्ने हैन, यो समाजको लागि नै क्यान्सर सावित भएको एउटा गिरोहद्धारा परिचालित संस्था हो , अनुग्रह युवा समाज ।
समाज सेवाको नामको मुखुण्डो लगाएर कर्मचारी खटाएर बजारबाट क्यान्सर मृगौला पीडितको नाममा सहयोग उठाई मोजमस्ती गर्ने गिरोहले यति बेला काठमाडौंको बौद्धमा अड्डा जमाएर असुली धन्दा चलाईरहेको छ । अनुग्रह युवा समाज नाममा खोलिएको यो संस्थाले बर्षौ देखि विरामीको नाममा बजारमा कर्मचारी खटाए पैसा उठाएर व्यापार गरिरहेको छ । यो संस्थाका संचालक हुन विक्रम फागो लिम्बु । कार्यालयमा २० भन्दा बढि कर्मचारी राखेर ३÷३ जानको टोलि बनाई स्कुटरमा व्यानर बोकाई समाज सेवाको नाममा पैसा उठाउन पठाउने यिनको दैनिकी हो ।
काठमाडौंको व्यस्त ठाउँ चावहिल, वसपार्क, कपन, बानेश्वर लगायतका ठाउँमा अहिले पनि यिनको टोलीले ठगीको असुली धन्दा चलाईरहेकोछ । फिल्मी शैलीमा कर्मचारी राखि बजार पठाउने यो गिरोहले यसरी परिचालित गरेको छ । लाग्छ सहयोग माग्न आउने स्वमयकै भाई बहीनी मृगौला र क्यान्सर पीडितछन् । आफ्नो पन झल्काएर दुख देखाउदै सडकमा को सँग कसरी पैसा माग्ने पनि यिनीहरुले नै सिकाउछन् रे ।
दर्जनौ विरामीको नाममा लाखौ उठाएका यीनले कहिले काँही विरामी सम्म पनि २÷४ हजार पुर्याउदा रहेछन । एउटै टोलिले दैनिक न्युनतम १० देखि २० हजार सम्म बजारबाट विरामीको नाममा पैसा उठाएर बुझाउदा लिम्बुले भने विरामीलाई मासिक ३५ सय देखि ४५ सम्म दिने गरेको खुलेको छ । विरामीको नाममा व्यापार गरिरहेका यीनले मानवताको रङ देखाएर अहिलेसम्म ६० लाख भन्दा बढि असुली गरेको कर्मचारीहरु बताउछन् ।
कर्मचारीलाई मासिक १५ हजार दिने शर्तमा बजार पठाएका उनले ४ महिना देखि तलव दिएकाछैनन् ।सुरुका दिनमा समाज सेवा हो , विरामीलाई पैसा दिनुपर्छ तपाईहरुले पनि मानविय रुपमा सहयोग गर्नुपर्छ भनेर समाज सेवाको ढाडस दिएका यीनको अश्लियत बुझेपछि केही कर्मचारीहरु आफ्नो कुण्ठा पोख्न हाम्रो कार्यालयसम्म आईपुगेकाछन् । समाज सेवाको नाममा पापको भारी बोक्नु पर्यो भन्दै योहो टेलिभनिजन सम्म आइपुगेका उनिहरु अधिकांश पढ्दै गरेका विद्यार्थीछन् ।
मानवताको आवरणमा ठगी भन्दा चलाएका यी माफियाले बेला बेला कर्मचारीलाई डर धम्की पनि दिन्छन्न रे । जो चोर उसकै ठूलो स्वर भनेजस्तै विरामीको फोटो बेचेर समाज सेवाको मुखुण्डो लगाएका यिनले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै ध्वास दिने गरेकाछन् । यीनले अहिले नुवाकोटकी ८ वर्षीय बालिका युनिका तामाङको नाममा बजारमा टिम खटाएर पैसा उठाइरहेकाछन् ।
यो दृश्यमा हेर्नुस त् सर्वसाधरणको पैसाले गर्मि चढेको यो गिराहले संकलन भएको रकम जम्मा गरेर हावा लगाईरहेको छ । झट्ट हेर्दा पनि यीनिहरु समाज सेवा गर्ने भेषमै छनत ? तपाईहरुले पनि केही अड्कल त काट्नु भयो होला ? हो आज यस्तै ठगहरुका कारण साच्चै पीडितभएकाहरु मारमा परेकाछन् । सहयोग गर्ने मन हुँदा हुँदै पनि बा ठग हो कि भन्ने डरले पनि सहयोग गर्न हच्किनु पर्ने बेला आएको छ ।
नेपालीमा एउटा उखान छ नी धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै । यो गिरोह त प्रतिनिधी पात्र हो यस्ता अरुले पनि धन्दा चलाएका हुन सक्छन् । अव देखि सहयोग गर्नु अगाडि बास्तविक पीडितको पहिचान गरौं नभए तपाईहाम्रो सहयोगले कुनै गिरोहमोटाइरहेको हुनसक्छ । समाज सेवाको नाममा सहानुभुति देखाएर ठगीधन्दा चलाउने यस्तो गिरोहलाई हदै सम्मको कार्वाही हुनुपर्छ यस्तै नियत भएकाले गर्दा साचै पीडित भएकाहरु थप पिडामा छन् ।


प्रतिक्रिया