Breaking

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन


काठमाडौँ – नेपाली कांग्रेसले हिजोआज प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी मंसिर ४ को चुनावका लागि उम्मेदवार सिफारिस गर्ने कार्य गरिरहेको छ ।

कांग्रेस केन्द्रले दिएको निर्देशनअनुसार यही भदौ १८ भित्र उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । साथै प्रदेशले जिल्लाहरूबाट प्राप्त उम्मेदवारको नाममा रायसहित भदौ २० भित्र केन्द्रमा नामावली पठाउनुपर्ने हुन्छ ।

प्रदेश सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिक र प्रतिनिधि सभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकोले त्यस्ता गतिविधि नगर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको हो । उम्मेदवारको नामावली संकलन गर्ने बेला क्षेत्रीय कार्यसमितिहरूले पैसा उठाउने गरेका गुनासो केन्द्रीय कार्यालयमा आएका छन् ।

कांग्रेस विधानले पनि उम्मेदवार सिफारिस गर्दा शुल्क लिने व्यवस्था गरेको छैन । कांग्रेसले क्रियाशील सदस्य र लाभका पदमा रहेका पार्टी सदस्यबाट सदस्यता शुल्क र सहयोग रकम ९लेबी० बाहेक कुनै किसिमको रकम लिन र उठाउन नमिल्ने गरी विधान र नियमावली बनाएको थियो ।