काठमाडौँ — मुलुककै पहिलो र ठुलो त्रि–भुवन विश्वविद्यालय पछिल्लो समय वेथितिको नमुना बनेको छ । त्रि.विपदाधिकारीले राज्यसँग अपराधिक गिरोहबाट विश्वविद्यालयलाई जोगाउन माग गरेपछि यो विषय थप चासोपूर्ण बनेको छ । मुलुककै पहिलो र ठुलो त्रि–भुवन विश्वविद्यालयसँग देश भरका झन्डै ८० प्रतिशत उच्च शिक्षाका विद्यार्थीको भाग्य र भविष्यजोडिएको छ । मुलुकको विकासका लागि आवश्यक दक्षजन शक्ति उत्पादन गर्ने जिम्मेवारी पाएको विश्व विद्याल यहो त्रि–भुवन विश्वविद्यालय । यत्ति ठुलो र जिम्मवार संयन्त्र अहिले राज्यसँग सुरक्षाका लागि हारगुहार गर्न बाध्य छ ।
द्धन्दकालमा समेत सुरक्षित रहेको त्रि.वि र हालका पदाधिकारीले राज्यसँगत्रि.विलाई अपराधिक गिरोहबाट जोगाउन सुरक्षाको माग गरेका छन । कारण त्रि.विमा अहिले सत्तापक्ष र प्रतिपक्षीदलका विद्यार्थी संगठनले ताला लगाउने र खोल्ने विषयलाई प्रतिष्ठाको विषयबनाएर प्रध्यापक तथा पदाधिकारीलाई तोरो बनाइरहेका छन् ।नेपाली कांग्रेस र एमाले निकट विद्यार्थी संगठनबीच ढुङगा हानहानको अवस्थात्रि.विले झलिरहेको छ ।यो विषयले सोमवार सदनमा समेत प्रवेश पाएको छ । सभामुखअग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।
१४ वर्षदेखि स्ववियु निर्वाचन र नेतृत्व समेत दिन नसक्ने दलहरुले संसदीय निर्वाचन नजिकिएसँगै विश्वविद्यालय क्षेत्रमा समेत अराजक गतिविधि गरेर आफ्नो अस्तित्व दर्साउन खोजेको प्रष्ट छ । अनि ढुङगा हानेकै भरमा नेताबन्ने प्रवृत्ति हावी छ भने यस्ता विद्यार्थी नेताहरु राजनीतिक दलकै संरक्षणका कारण हौसिने रएक–अर्काप्रतिखनिने गरेका छन् । यस्ता दलगत संगठन विद्यार्थीको हकहितमा भन्दा दलको चाकडीमा लिप्तभएको प्रष्ट छ ।
प्रमुख प्रतिपक्ष एमालेले त्रि.विका कुलपति समेत रहेका प्रधानमन्त्री,गृहमन्त्री समेतको रोहवरमा सत्ताकोे आडमा गुन्डागर्दी भएको आरोप लगाउँदै आएका छन् ।राजनीतिक व्यवस्था परिवर्तन भयो तर त्रि.विभित्रको वेथिति झनझन बन्दै गएको छ । त्रि.वि केन्द्रिय कार्यलयको ढोकामा कुन बेलाकुन राजनीतिक दलका विद्यार्थी संगठनले ताला लगाउने हो,आफैले पढाएका विद्यार्थीबाट कुनप्राध्यापककहिले कुटिनछन् ,कुन विभागमा कहिल ेतोडफोड हुन्छ टुङगो हुँदैन । यस्तै यस्तै अराजक गतिविधिको केन्द्र त्रि.विबनिरहेको छन । जानकारहरु त्रिविलाई यो हविगतमा पु¥याउनुमा राजनीतिदल र शीर्ष नेता नै दोषिभएको तर्क गर्छन । त्रि.विमा राजनीतिकदलको नाङगो नाचचल्दा दुरदराजदेखि अध्ययन गर्न विश्वविद्यालय पुगेका विद्यार्थी प्रत्यक्ष मारमा परेका छन । यसतर्फ बेलैमा सरोकारवाला निकायको ध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया