काठमाडौँ — चुनौतीथप्दै गरेको सत्ता गठबन्धनविरुद्ध चुनावमा लड्न एमाले आक्रमक रुपमा अघि बढेको छ । एमालेले अध्यक्षओली नेतृत्वमा केन्द्रीयनिर्वाचन परिचालन कमिटी नै गठन गरेको छ भने भातृसंगठनहरुलाई पनि सक्रिय रुपमा अघि सारेको छ ।त्यस्तै पार्टीको फरकमतप्रति समेत नरम बन्दै गएको नेतृत्वले अन्र्तघात रोक्दै गठबन्धनविरुद्ध एक्लै लड्न रणनिति अघि सारेको छ ।
निर्वाचन नजिकिदै गर्दा एक्लै चुनावी लडाईमा अघि बढेको नेकपा एमालेले तयारीलाई व्यापकपारेको छ । जसकालागि भातृृ संगठनलाई सडकमा उतार्ने देखि सरकारका कामप्रति कडा रुपमा प्रस्तुतहुने रणनिति अलम्बन गरेको एमालेले आफू कमजोर नभएको सन्देश दिनलागि परेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र निर्वाचन परिचालन कमिटीको बैठकले सम्पूर्ण रूपमा पार्टी पंक्तिचुनावमाहोम्ने निर्णय गरेको हो ।निर्वाचनतयारी स्वरुपएमालेले चुनावीएजेण्डा, उम्मेदवार चयनको मापदण्ड, टिकट वितरणको प्राधिकार र निर्वाचन परिचालन सचिवालय समेत टुंग्याएको छ ।
त्यस्तै चुनावी एजेण्डा र नारा समेटेर घोषणापत्र चाँडै तयार पार्ने निर्णय पनिगरेको एमालेलेअध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा केन्द्रीयनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।उक्त कमिटीलाई व्यवस्थित र परिचालनगर्न सचिवालयपनि गठन गरिएको छ ।तिनै तहमाबन्ने यो कमिटि अन्तर्गत प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रूपमा समग्र प्रचार कामको नेतृत्वगर्ने कार्यभार दिईएको छ । त्यस्तै आगामी निर्वाचनमा एक्लै गठबन्धनको सामना गर्नुपर्ने निचोडमा पुगेको एमालेले मुद्दा मिल्नेसँग चुनावीएकतागर्ने कार्यलाई पनिप्राथमिकतामा राखेको छ । त्यस्तै आगामीप्रधानमन्त्रीमाओलीलाई नै अघि सारेको एमालेले अन्तर्घात रोक्ने र एक ढिक्का भएर अघि बढ्ने विषयलाई बढि प्राथमिकतादिएको छ ।
एमालेमा ओलीलाई निरन्तर साथदिदै आएका, १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगएका र माओवादी केन्द्र छोडेर आएकाहरु गरीतीन अलग पृष्ठभूमिका नेताहरु छन् । तर स्थानीय चुनावमा आफू निकटकै नेताहरुबीच अन्तर्घात भएको निष्कर्षमाओली छन् । अन्तर्घातकै कारण ६० स्थानीयतहमा पराजितहुनुपरेकोे सार्वजनिकअभिव्यक्ति नै दिएकाकाओलीले अहिले फरक मतप्रतिपनिनरम देखिएका छन ।
दशबुँदे मार्फत भित्रिएका घनश्याम भूसालले प्रधानमन्त्रीमा सुवास नेम्बाङलाई अघि सार्न गरेको मागमा समेत मौन देखिएकाओलीले जितलाई मात्रएकमात्रलक्ष्यबनाएका छन । यता भातृसंगठन युवा संघलाई सडकमा फोहोर उठाउने जस्तो सन्देश मुलककाममालगाएको एमालेले चुनावको मुखमै विश्वविद्यालयको समस्यालाई पनि उठाएको छ । आफू निकट उपकुलपतीमार्फत विश्वविद्यालयमाशैक्षिकवातावरण नभएको सन्देश दिने कार्य गराउने र विद्यार्थी संगठनलाई त्यहि मुद्धामा केन्द्रीतबनाउने कार्य कहिकतै चुनावीअभियानसंग समेत जोडिएको देखिन्छ । त्यस्तै भातृसंगठनहरुलाई पनिचुस्तबनाएर अघि बढेको एमालेले राष्ट्रपतीमार्फत नागरिकता विधेयकलाई एजेण्डाको रुपमाप्रयोग गरेको छ ।
एमालेलेकम्युनिष्ट मततान्न सकिने निष्कर्ष सहित राजनीतिक ध्रुवीकरणको एजेण्डा प्रचारमालादैछ । त्यस्तै नेतृत्वको वोली नै अन्तिमहुने र त्यस विरुद्ध जानेलाई ठाँउका ठाँउ कारबाहीगर्ने रणनितीमा समेत एमाले अघि बढेको छ । एमालेले यीनै तयारीमार्फत सत्ता गठबन्धनविरुद्ध धक्कादिनखोजेपनियसकाप्रभाव कस्तो कस्तो देखिन्छ त्यो भने गबठन्धनको आगामी कदमा निर्भर रहने देखिन्छ ।


प्रतिक्रिया