Breaking

देउवा राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न पुगे शीतलनिवास


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न नेपाली कांग्रेसका पदाधिकारीसहित राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्। उनी कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्।

दुवै संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि शीतलनिवास र प्रमुख सत्तारुढ कांग्रेसबीच दूरी बढेको छ। त्यही कारण देउवा कांग्रेस सभापतिका रुपमा अन्य नेतालाई पनि लिएर भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्। सभापति देउवाले आफूसँग उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास लगेका छन्। कार्की सरकारका प्रवक्ता पनि हुन्।