देश

चुनाव अघि प्रहरी र सशस्त्र प्रहरीलाई स्वेच्छिक राजीनामा दिन रोक


काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफका कर्मचारीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्ना स्वेच्छिक राजीनामा दिन रोक लगाइएको छ ।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाइएको दुवै सुरक्षा निकायले जनाएका छन् । अहिले कार्यरत जनशक्तिबाट मात्रै चुनावी सुरक्षा व्यवस्थापन गर्न संख्या अपुग हुने भन्दै प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेको छ ।