काठमाडौँ — अघोषित लोडसेडिङ र अनियमित विधुत कटौतीको विरोधमा मलंगवा स्थित नेपाल विद्युत प्राधिकरण अगाडि नगरवासीहरुले प्रदर्शन गरेका छन् । अघोषित लोडसेडिङ र अनियमित विधुत कटौतीको मार झेल्दै आएका पिडित नगरवासीहरुले आज बिहान सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–८ स्थित रहेको विधुत प्राधिकरण वितरण केन्द्रको मुख्य प्रवेशद्वारमा युवा नेता शमिमबाबु खानको नेतृत्वमा नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।
विगत केही हप्ता देखि विद्युत प्राधिकरण को कमि कमजोरी र लापरवाहीको कारण अघोषित लोडसेडिङ बढेकोले यसलाई सुधार गर्नको लागि सम्बन्धित निकायलाई दबाब र ध्यानाकर्षण गराउन बाध्य भएर प्रदर्शन गर्नुपरेको खानले बताए । विद्युत प्राधिकरणको लापरबाहीका कारण मलंगवा र यस आसपासको क्षेत्रमा विधुतको अघोषित लोडसेडिङ र अनियमित विधुत आपुर्ति भइरहँदा जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया