Breaking

हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचना हटाउने


काठमाडौँ — मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।

‘हामीले पहिलेबाट नै भौतिक संरचना बनाउँदा नक्सा पास र अभिलेखीकरणमा चुस्त गरेका छौं । तर पनि केही स्थानमा सडक ओगटेर पर्खाल, टहरा बनाएको गुनासो आउन थालेको छ, अनुगमनको क्रममा त्यस्तो संरचना पाइए उपमहानगरले कारबाही गर्छ’ मेयर लामाले भनिन् ।

उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।आफूले प्रचारका लागि मात्रै काम गर्ने नगरेको भन्दै मेयर लामाले भनिन्, ‘हेटौंडाको आवश्यकता र जनप्रतिनिधिको कर्तव्यलाई बुझेर उपमहानगरले काम अघि बढाउँछ ।