काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभाका सबै सिटको मत विश्लेषण सकेर सिट बाँडफाँड टुंग्याउने सत्तागठबन्धन दलहरुले गृहकार्य गरेका छन् । प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० सिटमै गठबन्धन र विपक्षीको मतको आकलन गरेर जित्न सक्ने दललाई प्राथमिकता दिने गृहकार्य छ । समानुपातिकतर्फको बन्द सूची बुझाउन तीन साता मात्रै समय बाँकी रहेकाले दलहरूमाथि सिट बाँडफाँड चाँडो टुंग्याउनुपर्ने दबाब छ ।
कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सबै सिटको मत विश्लेषण सकेर शीर्ष नेतालाई सुझावसहितको प्रतिवेदन दिने तयारी गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा सहमतिमै आधार र मापदण्ड तोकेर सिट बाँडफाँड टुंग्याउने शीर्ष नेताहरूको तयारी छ । कार्यदल सदस्यसचिव केशवराज जोशीका अनुसार कार्यदलको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।


प्रतिक्रिया