काठमाडौँ — लोकतन्त्रमा दल खोल्न पाउने नागरिकको स्वतन्त्र अधिकार सदुपयोग गर्दै पूर्व सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिए । निर्वाचन नजिकिएसँगै उनी पछि यति बेला देश दौडाहामा छन । आज काठमाडौंको खुला मञ्चमा विशाल आमसभा गर्दै लामिछानेले अब राजनीतिका बाहरुलाई विदा गर्नुपर्ने बताए । टेलिभिजन मार्फत सामान्य नागरिकका विषयलाई सम्बोधन गरेर आम नागरिकसामू लोकप्रिय बनेका रवि लामिछाने राजनीतिमा होमिएपछि यतिबेला देश दौडाहामा छन । देशमा बढ्दै बेथिति, भ्रष्टाचार, कुशासनलाई परास्त पार्ने र ठूला दलको कार्यशैलीबाट आजित भएका जनतामा आफ्नो पार्टी नेपाल स्वतन्त्र पार्टी विकल्पको रूपमा उदाउने उनको दाबी छ ।
उमेरले पाका शिर्षस्थ नेताहरुलाई जसरी पनि आगामी निर्वाचनमा परास्त पार्नुपर्ने संकल्प राखेका लामिछानेले आज काठमाडौंको खुलामञ्चमा विशाल आमसभा गरे । हजारौं नागरिक खुला मञ्चमा उतारेका उनै लामिछानेले नामै किटेर प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने उद्घोष गरे । राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै लामिछानेले उनीहरुको कामबाट सिक्दै स्वतन्त्र, युवा र वैकल्पीक शक्ति अगाडि सर्नुपर्ने बताए । यतिमात्रै हैन उनले अहिले पाच दलीय गठबन्धनको सरकारलाई व्यङ्ग्य गर्दै जनतामा भ्रम छर्नकै लागि गठबन्धन गरिएको दाबी गरे ।
आमसभामा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद् डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. प्रणय शम्शेर राणा, शिक्षाविद शिशिर खनाल लगायतलाई वक्ताको रुपमा समावेश समेत गरिएको थियो । स्वतन्त्रबाटै काठमाडौं क्षेत्र नम्बर एक बाट आगामी संसदीय निर्वाचनमा आफ्नो दाबेदारी प्रस्तुत गरेका अभियन्ता पुकार बलले लामो समयसम्म सत्ताको भोग गरेका दलहरुले जनताको लागि केही गर्न नसकेकोले उनीहरुको विकल्प खोज्नुपर्ने बताएका थिए ।
राजनीतिमा होमिएका रवि लामिछानेले अहिलेको वैकल्पीक शक्तिहरुलाई सँगै एकजुट बनाएर अघि बढाउने प्रयास गरिरहेका छन । जसमा रवीन्द्र मिश्र, रमेश खेरल जस्तासँग व्यत्तित्वसँग उनले पटक–पटक वार्ता गरिरहेका छन । तर वार्ताले हालसम्म सहमति जुटाउन भने सकेको छैन । त्यसैकारण दिक्क बनेका लामिछानेले एकिकृत ढङगले अगाडि बढ्न नसकिने हो भने वार्ताको अर्थ नरहेको समेत बताउने गरेका छन् । पत्रकारीतामा ख्याती कमाएका रवि लामिछाने राजनीतिक यात्रामा कति सफल होला श्र त्यसका लागि निर्वाचनको मतपरिणाम कुर्नुको विकल्प भने छैन ।


प्रतिक्रिया