काठमाडौँ — सरकारले नयाँ भू उपयोग निमायली २०७९ जारी गरेपछि विभिन्न प्रयोजनका लागि गरिदै आएको जग्गाको कित्ताकाट ठप्प भएको छ । कित्ता काटको काम ठप्प भएपछि मधेश प्रदेशका जनता मर्कामा परेका छन् ।
सरकारले नयाँ भूउपयोग निमायली २०७९ जारी गरे जग्गाको कित्ताकाट ठप्प हुँदामधेश प्रदेशका जनता मर्कामा परेका छन् । स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा कृषि र गैरकृषि छुट्याएर बर्गिकरण नगरेको जग्गाको कित्ताकाट नगर्न भनि मन्त्रालयले परिपत्र जारी गरेकोले अहिले मालपोत र नापी कार्यालयमा कित्ता काटको कामबन्द रहेको भुमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनि लाल यादवले बताए । जब सम्म कृषि र गैरकृषि क्षेत्र भनेर चारकिल्ला छुट्याइदैन, तबसम्म अंशबण्डाकै कित्ताकाट गर्न पनि समस्या भएको उनलले बताए।
विगत तीन महिना भन्दा बढी समयदेखि सर्लाही जिल्ला स्थित जिल्ला मालपोत कार्यालय मलंगवा,इलाका मालपोत कार्यालय बरहथवा र हरिवनमा कित्ताकाट र घरजग्गा किनबेच सम्बन्धित काम सुस्ताएको छ।जग्गाको वर्गिकरण नहुँदा मालपोत कार्यालयबाट हुने कित्ताकाट, लिखत पारित लगायत विभिन्न शिर्षकको काम करीव ६० प्रतिशतले घटेको सर्लाही लेखापढी व्यवसायी संघका अध्यक्ष राजकिशोर झाले बताए ।
भूमि मन्त्रालयले परिपत्रगरि निर्देशन दिएको झण्डै चार महिना पुग्नै लाग्दापनि सर्लाहीका स्थानीयतहहरुले आ–आफ्नो क्षेत्रमा जग्गा बर्गिकरण गर्नतर्फ ध्यानदिएका छैनन्। सबै पालिकाहरुमा नयाँ जनप्रतिनिधिहरु आएका छन् । उनीहरु अझै पनिबधाई र सम्मान ग्रहण गर्नमै व्यस्त छन् । दाजुभाइ बिच अंशबण्डा भएको तीन महिना भइसक्दा आफ्नो नाममा लालपुर्जा बनाउन नपाएको सेवाग्रहीको गुनासो छ । कुनै पनिविधि अपनाएर अथवा भनसुन गरेरै भएपनि जग्गाको कित्ताकाट भईहाल्छ कि भनेर टाढा टाढाबाट सबै काम घन्दा छाडेर चर्को घाममा मालपोत आउने सेवाग्राहीहरु काम नभइ निराश भएर रित्तोहात फर्कन बाध्यहुनु परेको छ। कामनभइ रित्तो हातफर्कनु पर्दा आफुहरुको टाउकोमा आर्थिक भार मात्र थोपरिएको सेवाग्राहीको गुनासो छ।


प्रतिक्रिया