काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिगो र वातावरणमैत्री सहरीकरण अबको आवश्यकता भएको बताएका छन्। उनले अव्यवस्थित सहरीकरणले मुलुकमा चुनौती र जटिलता थपिएको बताए। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यवस्थीत सहरीकरणका लागि सातै प्रदेश र पालिकाहरुको सहकार्य अवश्यक भएको उल्लेख गरे।
मुलुकमा संघीय शासन लागू भएसँगै प्रदेशका विभिन्न नगरपालिकाहरुमा पूर्वाधार निर्माण भएको छ। यसलाई दिगो, दरिलो र वातवरणमैत्री बनाउन सहरीकरणको निश्चित मापदण्ड तयार गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश र पालिकास्तरमा सहकार्य गरी सहरी पूर्वाधारलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक देखिन्छ। उनले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट लाभ उठाउन आग्रह गरे। देउवाले यहाँ राष्ट्रिय र अन्तराष्ट्रिय सभा हुने आफूले विश्वास गरेको उल्लेख गरे।
Breaking


प्रतिक्रिया