काठमाडौँ — पछिल्लो चारदिनयता काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को दैनिक हो यो ।बालेनको युवा जोश र उनको आवेगपूर्ण शैली काठमाडौंका अवैध संरचनामाथि गएर बजारिएपछि बर्षाैदेखि सामाज्य जमाएर खाइरहेकाहरुको मुटुमा ढ्याङग्रो ठोकिएको छ । मकै पोल्नेमाथि बल प्रयोगको आरोप खेपेका बालेनले सुन्धाराको काठमाडौं मलअघि बनाइएका अवैध संरचनामाथि डोजर चलाएर नियम सबैलाई बराबर भन्ने प्रमाणित गरेका छन् ।
आरबी कम्प्लेक्सका छाप्राहरुमाथि बालेनको बल बजारियो । दरबार मलको पार्किङ स्थलमा चलाइएको लण्डनपबबन्द गराए । बानेश्वरको बर्गर हाउसलाई चेतावनी दिएर खाली गर्न लगाए ।अल्फाबिटा हाउस बानेश्वरमा डोजर हान्नुअघि नै नक्सामा घरधनीले विवाद गर्न खोजेपछि बालेनले केही आक्रोशसमेत देखाए । विवादपछि चुपचाप फर्किएका बालेनले झण्डै दुईघण्टापछिनक्सा र डोजर लिएर मापदण्डविपरित निर्माण भएको संरचना भत्काइदिएका छन् ।
लगातार चारदिनसम्म बालेन मैदानमा जाँदा कतिपय स्थानमा मापदण्डविपरित निर्माण गरिएका र पार्किङ भनेर व्यवसाय चलाइरहेकाहरुले स्वःस्फूर्त आफै संरचना भत्काउन थालेका छन् । शुक्रबार बालेनले राहदानी विभागको बेसमेन्ट खाली गरेर पार्किङका लागि खुला गरेका छन् ।
यस्ता संरचनामा बालेनको नजर परेसँगै अदालत र दूताबासका पर्खालहरुसमेत सुरक्षित छैनन् ।यस्ता तीन सय बढी संरचना भत्काउने बालेनको तयारीले काठमाडौंका सडक र फुटपाथमा हुँदै आएको पार्किङ कम हुने विश्वास गरिएको छ । तर स्वतन्त्र रुपमा निर्वाचन जितेर आएका बालेनको कदमले राजनीतिक माहोल विभाजित बनेको छ । एउटा स्वतन्त्र युवाको एक्सनले कतिपय नेताको निद हराम भएको छ भने कतिपय स्वागतमा उत्रिएका छन् । कतिपयले बालेनको कामलाई हात्ति र स्यालबीचको फरकका रुपमा अथ्र्याएका छन् ।
तर कुनैबेला काठमाडौंको सडक विस्तार गर्दा यसैगरि संरचना भत्काएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेनको कदममा प्रशंसा गरेका छन् । पूर्व शहरीविकास मन्त्री रामकुमारी झाँक्रीले समेतआफुले दलीय दबाबका कारण यो काम गर्न नसकेपनि बालेनको काममा साथ दिने बताएकी छन् । तर नेकपा एमालेका नेता महेश बस्नेत बालेनको कदममाथि आगो बनेका छन् ।आफुसहितका एमाले नेताहरुसँग जोडर अल्फाबिटाको मालिकको फोटो भाइरल बनेपछि उनले बालेनको सन्कि र लहडीशैलीलाई नियन्त्रणमा लिने धम्की दिएका छन् ।
त्यसमा बालेनले जवाफ फर्काउँदै कानुन सबैलाई बराबर हुने र अवैध भएकै कारण संरचना भत्काएको स्पष्ट पारेका छन् । त्यसपछि पनि बस्नेतले लगातार बालेनमाथि डाम्ने काम छोडेका छैनन् ।तर अधिकांश नेताहरु बालेनको पक्षमा उर्लिएको माहोल देखेर यो विषयमा बोल्न डराएका छन् । एकहिसावले सामाजिक सञ्जाल बालेन र धरानका मेयर हर्क साम्पाङको कब्जामा छ । चुनावको मुखमै उनीहरुविरुद्ध बोल्दाभोट घट्ने चिन्ता धेरैमा देखिएको छ ।
तथापी हिरा काट्ने हिरा नै हो भनेझैँ धरानका मेयर साम्पाङले बालेनको एक्सनमाथि कटाक्ष गर्न खोजेका छन् । बरु शुक्रबार हर्क साम्पाङको श्रमदान अभियानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेपछि उनलाई खित्का छोड्ने बनाएको छ ।
हर्क साम्पाङ काठमाडौं आएका बेला प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्रै भेटेर फर्किए ।जतिबेला बञ्चरेडाँडा जाने बाटोमाथि टिप्पणी गर्दै बालेनले प्रचण्डमाथि आगो ओकलेका थिए । त्यसयता हर्क निरन्तर बालेनमाथि प्रहार गरिरहेका छन् ।
उनकै निमन्त्रणमा प्रचण्ड शुक्रबार धरान पुगेपछि उनको रुपरंगै फेरिएको छ । कतिपयले सामाजिक सञ्जालमै प्रतिक्रिया दिँदै आजसम्म हर्क स्वतन्त्र थिए, प्रचण्डको संगतपछि विग्रीए भन्ने प्रतिक्रिया दिएका छन् । यसले हर्क जस्ता कामकाजी मेयरलाई आलोचनाको शिकार बनाएको छ । तर यी दुवै स्वतन्त्र मेयरले उठाएका मुद्धा र आजसम्म गरेका कामकाज भने चर्चा गर्न लायक छन् ।


प्रतिक्रिया