Breaking

बुढा नेताका कारण युवाले पाएनन् अवसर, परीक्षण भइसकेका नेता हराउने अभियान सफल होला ?


काठमाडौँ — राजनीतिक दलहरु प्रदेश र संघको निर्वाचन केन्द्रीत बन्दै गर्दा नेताहरु पनि दौडधुपमा लागेका छन । कसरी टिकट पाउने र कहाँबाट चुनाव लड्ने भन्ने रस्साकस्सीमा रहेका उनीहरुमध्ये केहि अन्तिम पटकको निर्वाचन लड्ने तयारीमा छन । अर्थात नेतृत्वमा पुस्तान्तरको वहसकावीच यो पटक पनि ठुलो मात्रामापुरानै अनुहार दोहोरिने तयारीमा देखिन्छ । यी हुन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ।

उमेरले ७२ औ बसन्त काटेका उनी अन्तिम पटक चुनाव लड्ने तयारीमा छन । पूर्वप्रधानमन्त्री र पुराना नेताका नाताले युवा लक्षित कार्यक्रममा नेतृत्वको पुस्तान्तर वहस गर्ने उनको नाम इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भईसकेको छ । दलहरुमा देखिएको समस्याकै कारण वालेनहरु जन्मिने तर्क गर्ने उनी मृत्युपर्यन्त राजनीतिक नछोडने नेपाली नेताहरुको उदाहरण आफै बन्दै छन । जसमा वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अग्रपङक्तीमा छन ।

विगतमा पनि चुनाव जितेर परिक्षण भईसकेका तथा अक्षम समेत घोषित भईसकेकाको यो सूचीमा काँग्रेसबाट रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी,रामशरण महत र विजयकुमार गच्छदार, रमेश रिजाल, दीपकुमार उपाध्यायले लगायतका छन । त्यस्तै एमालेका पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठ यो सूचीमा छन भने एमाले छोडेका वामदेव गौतम, रामचन्द्र झा र राजेन्द्र पाण्डे पनि यो पटक सातौ चुनाव लड्ने तयारीमा छन ।

मधेसी दलका नेता महन्थ ठाकुर,राजेन्द्र महतोसर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी, राप्रका पशुपतिशमशेर जबरा र दीपक बोहराले पनि यतिका बर्षका चुनावी प्रतिस्पर्धाले पनि थालेका छैन । जसले कहिले युवा नेताहरु कहिले बुढा नेता मर्छन र आफ्नो पालो आउला भनेर कुनुपर्ने अवस्था सिर्जना भएको स्वयम राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बताउछन । यसमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपाध्यक्ष कृष्णबहादुर महरा,अग्नि सापकोटा, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताको पनि बाटो यहि देखिएको छ ।

त्यस्तै भर्खरै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराईले गोरखालाई पेवा बनाईरहँदा यी अधिकाश अनुहार आगामी निर्वानमा पनि निर्विकल्प उमेद्धारका रुपमा अघि आउने निश्चित छ । विना गठबन्धन जाने तयारी र हार्ने सम्भावना वढि रहेको एमालेमा केहि युवा समेटिने आश रहेपनि सत्ताघटकमा त्यो सम्भावना न्युन देखिएको छ । एकातर्फ भागवन्डाका कारण सिट कम पर्ने र वुढा नेतालाई नै व्यवस्थापन गर्नुपर्ने प्रवृत्तीका कारण यो पटक पनि आश गरिएका युवानेताहरुले टिकट नै नपाउने अवस्थामा छन ।

जसले नेपाली राजनीतिको एक विकृत पाटोलाई उजागर गर्दै गर्दा पुस्तान्तरणको भाषण गरेर नथाक्ने सूचीकै व्यक्तीहरु नै यो अनुहारमा प्रतिविम्बित बनिरहेका छन । जुन रोग नयाँ पुराना,साना ठुला सवै दलमा व्याप्त छ । जसलाई केहिले भने वाध्यताका रुपमा समेत अथ्र्याउदै आएका छन । हुन त पछिल्लो समयमा युवाहरुको उपस्थिती जबरजस्त बन्दै गएको छ भने स्थानीय तहमा पाएको सफलताले धेरैलाई हौसाएको पनि छ । फलत ः कम्तिमा एकजना टेष्टडलाई संसद प्रवेश रोक्ने,पूर्वप्रधानमन्त्रीलाई हराउने लगायतका अभियान नै चलिरहेको छन ।

त्यस्तै स्वतन्त्र रुपमा उम्मेद्धारी दिने युवाहरु पनि बढेका छन । तर देश नै भागवन्डामा चलेको अहिलको अवस्थामा जनमत नै बन्धक बन्ने गरि गरिने गठबन्धन र हार्नेमा सम्भावना बढि भएकोमा मात्र युवाले पालो पाउने प्रवृत्तीका कारण आगामी निर्वाचन पश्चात पनि यहि पुराना अनुहार दोहोरिने सम्भावना प्रवल छ ।