काठमाडौँ — महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ । बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएका मेयर बालेन्द्र शाह विहिबार फेरी बानेश्वर क्षेत्रमा फरक शैलीमा प्रस्तुत भए । केहि समय फोहोरको राजनीतिमा रुमलीएका मेयर शाह यतिवेला अनधिकृत संरचना हटाउने अभियान छन् ।
केहि दिन देखिको उनको सक्रीयता लाई निकै चासोको साथ हेरिएको छ । अवैध संरचनाहरु हटाउँदै हिँडेका मेयर शाह बिहीबार बानेश्वर स्थित अल्फा बिटा कम्प्लेक्समा पुगे । अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।
अल्फाबिटाका प्रतिनिधिले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गरे । अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह घरको नक्सा र डोजर लिएर फेरी अल्फबिटा पुगे ।
अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र डोजर नै चलाइदियो . अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने कामलाई तिब्रता दिइरहेका छन् । मेयर साहको यो कदमलाई यातायात व्यवसायीले समर्थन गरेका छन् भने निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघले विरोध गरेको छ ।


प्रतिक्रिया