काठमाडौँ — काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ । स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।
सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए ।
त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै खाली गर्न निर्देशन दिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।


प्रतिक्रिया