काठमाडौँ — बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ ।
तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए ।
पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।


प्रतिक्रिया