Breaking

सामसुङ टीभी अब नेपालमै बन्ने


काठमाडौँ — दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमा पनि टीभी एसेम्बलिङ गर्ने भएको छ । त्यसका लागि नवलपरासीको भुमहीमा फ्याक्ट्री खोलिने भएको छ ।

गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले नेपालमा फ्याक्ट्री सञ्चालन गर्ने भएको हो । हाल हिम इलेक्ट्रोनिक्स सामसुङको आधिकारिक डिलरका रुपमा रहँदै आएको छ । एसेम्बलिङ फ्याक्ट्रीको एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरिएको छ । ५० करोडको लगानीमा पूर्वाधार तयार गरिने छ ।

३२ देखि ८५ इन्चसम्मका टीभी यहाँ बनाइनेछ । प्रतिदिन १ हजार टीभी तयार हुनेछ भने दुई वर्षमै ५ सय जनाले रोजगारी पाउने अर्गनाइजेसनका शेखर गोल्छाले बताए ।