काठमाडौँ – गठबन्धनले आफ्नो आकार बढाएर जाने गृहकार्य चलाइरहेका बेला एमालेसँग तालमेल गर्ने दल पनि छैनन् । यस्तो अवस्थामा सम्भावित परिणामलाई लिएर एमालेभित्र चर्चा हुन थालेको छ ।
संसदीय निर्वाचन मुखैमा छ, गठबन्धन बढ्दो चुनावी सञ्जालले आच्छुआच्छु बनेको छ । ठिक यसैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेश इञ्चार्जहरुले ठूलै डर देखाउने काम गरेका छन् ।
मंगलबारको पार्टी स्थायी समिति बैठकमास्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था र गठबन्धनको चुनौती बारे विफ्रीङ गर्ने कार्यसूची थियो । जसमा पार्टीका प्रदेश इन्चार्जहरुले एक्ला एक्लै चुनाव लड्दा प्रायः सबै प्रदेशमा एमाले पहिलो शक्ति बन्ने दाबी गरे । तर, एमालेविरुद्ध सबै दलको गठबन्धन बन्दा पार्टी निकै सानो संख्यामा खुम्चिने प्रक्षेपण गरे । पाँच दलीय गठबन्धन फैलिएर आठ बन्ने चरणमा रहेका बेला प्रदेश इन्चार्जकोडरलाग्दो अध्ययनले एमाले अध्यक्ष ओलीलाई नमज्जाले झस्काएको छ ।
हुनत एमालेका कयौ नेता गठबन्धनसँग चुनावमा जादा हार सुनिश्चित भएकाले पनि त्यो हारलाई जितमा बदल्न कम्युनिष्ट एक हुन अपरिहार्य रहको बताउँछन् । यही बिचमा एमालेको भनाईले समेत झस्काएको छ । के कम्युनिष्ट निर्वाचन अघि एक हुन सक्छन ? के प्रचण्ड ओलीको एकता सम्भव छ ? सडकमा भनिए जस्तै कम्युनिष्ट एक हुन सक्छन् ? स्वदेशी विदेशी राजनितिक शक्तिले कम्युनिष्टलाई फेरि पनि एक गराउन सक्नछन् ? या कम्युनिष्ट आन्दोलन विचलन तिर जान्छन् ?सत्ता गठबन्धनभित्रको किचलो ओलीका लागि कति फाईदा ?एकले अर्कालाई कम्युनिष्ट नदेख्ने ओली, प्रचण्ड, माधव नेपालबीच कसरी तालमेल वा एकता होला ? छुट्टाछुट्टै चुनावी रणनीति बनाउन लागिपरेका दलहरु अन्तिममा मिल्न सक्ने सम्भावना छ त ? यसै विषयमा केन्द्रीत एबीसी चेक


प्रतिक्रिया