Breaking

६७ जिल्लामा फैलियो डेंगु,जोखिममा उपत्यका,डेंगुबाट कसरी जोगिने ?


काठमाडौँ — लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोगको संक्रमण थप आक्रमक बन्दै गएको छ । काठमाडौ उपत्यका सहित ६७ जिल्लामा डेँगु फैलिएको छ । दशैंतिहार ताका बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय बनेको छ भने डेँगु महामारीकै रुपमा फैलिन क्रम समेत बढेको छ । के तपाईलाई अत्याधिक टाउको र शरीरको मांशपेशी दुख्छ ? शरीरमा साना खटिराहरु आएको छ, वाकवाक लाग्ने÷बान्ता हुने, आँखाको गेडी दुख्ने, खानामा अरुचि हुने जस्ता लक्षण छ । ज्वरो आएको छ ? ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ ।

यदि यस्ता लक्षणसँग जुधिरहनु भएको छ भने तुरुन्त नजिकको स्वाथ्स्य संस्थामा जानुस् तपाईलाई डेंगु भएको हुन सक्छ ।उल्लेखित लक्षणहरू भएकाहरु र परामर्श लिनेकोसंख्या पछिल्लो समय दिनानुदिन बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार अगष्ट महिनामा मात्र झन्डै १३ सय मानिस डेंगु संक्रमित भएका छन ।

जनवरी यता मुलुकभरको ६७ जिल्लामा करिव दुई हजारमा डेंगुका केश भेटिएको तथ्याङ्क छ । काठमाडौ उपत्यका सबैभन्दा जोखिममा छन । पछिल्लो २३ दिनमा वाग्मति प्रदेशमा झन्डै एक हजार मानिसलाई डेंगु भएको छ । डेंगु फैलाउने लामखुट्टे अझ दिनमा बढी संक्रिय हुने भएकोले संक्रमित हुने सम्भावना पनि सोहि समयमा बढी हुने चिकित्सकहरु बताउँछन ।

सामान्यत दशै तिहार ताका र मनसुन सकिएपछि छिटफुट देखा पर्ने डेंगु संक्रमण यो वर्ष नियमित भन्दा धेरै अगाडि नै देखा परेको छ । उपत्यकासँगै देशभर डेंगु संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २३ दिनमा ललितपुरमा ४ सय २९, काठमाडौमा १ सय ४२ र भतmपुरमा ३२ जना संक्रमित भएका छन । काठमाडौ उपत्यका सहित ६७ जिल्लामा डेँगु फैलिएको छ । एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सरुवा रोग भएका कारण पनि त्रास बढेको छ ।

सर्वसाधरण सर्तक बन्ने मात्र नभई डेंगु नियन्त्रणवारे सरकारको समेत ध्यानकर्षण हुनु पर्ने विज्ञहरुको सुझाव छ । डेंगु सार्ने एडिस एजिप्टाई प्रजातिको लामखुट्टेको मुख्य स्रोत सफा जमेको पानी हो ।लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा राख्न चिकित्सकको सुझाव छ ।