Breaking

नेपाली सेनाद्वारा तीन ठाउँमा रहेका शंकास्पद वस्तु निष्क्रिय


काठमाडौँ — बर्दियाको सदरमुकाम गुलरिया हुलाकी सडक खण्डअन्तर्गत सर्यु पुल नजिकै राखिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । टिफिनको डिब्बामा कपडा बेरेर राखिएको शंकास्पद वस्तु बम हुनसक्ने भन्दै प्रहरीले सुरक्षाका लागि आवागमन बन्द गराएको थियो ।

यसैगरी हुलाकी सडकअन्तर्गत गुलरिया र मधुवन नगरपालिकाको सीमानामा रातो कपडाले बेरिएको डिब्बा सेनाले निष्क्रिय पारेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बिहान ४ बजेको समयमा राखिएको दुवै ठाउँमा ९ देखि साढे १० बजेसम्म निष्क्रिय पारेको हो । यसैगरी ठाकुरबाबा नगरपालिका ४ बगनाहाको सडकमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक बताए ।