Breaking

सत्तागठबन्धनमा सिट भागवण्डाको सकस,कार्यदलविफल,के गर्लान् देउवा,प्रचण्ड र नेपाल?


काठमाडौँ — प्रदेश र प्रतिनिधिसभानिर्वाचनमा गठबन्धन गरेरैनिर्वाचन लड्ने सत्तागठबन्धनको निर्णय सिट वाँडफाटका कारण थपपेचिलो बनिरहेको छ । अन्यसानादलसमेत गठबन्धनमा थपिँदाप्रत्यक्षतर्फको १ सय ६५ सिटको बाँडफाँट थप जटिल बन्ने देखिएको छ । गठबन्धन सहितप्रदेशर प्रतिनिधिसभानिर्वाचनमाजाने निर्णय गरेको सत्ता गठबन्धन यत्ति बेला सिट बाँडफाँडको सकसमा छ । शीर्ष नेतृत्वले सिट बाँडफाँडमा सहमति जुटाउन कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीयकार्यदल गठन गर्यो ।

तर१२ बुँदे विस्तृत शान्ति सम्झौतादेखि सातदललाई सहमतबनाएर माओवादीलाई मुलधारको राजनीतिमाल्याउन समेत सफल बनेका सिटौला सत्तागठबन्धनको सिट बाँडफाँडबारे सहमति जुटाउन भने उनी सफलभएनन् । गठबन्धनका दलहरुको बटमलाईन बुझन् सिटौला नेताहरुको घर घर धाएपनिअझै ठोषप्रस्तावगर्न नसक्दापुनशीर्ष नेताहरुले नै सहमति जुटाउने तयारी छ । गतनिर्वाचन र भर्खरै सम्पन्न स्थानीयतहनिर्वाचनको मतभारका आधारमादलहरुले सिट संख्यामागेका छन ।

प्रत्यक्षतर्फ १ सय ६५ सिटमा गठबन्धनमा आवद्ध दलहरुको अस्वभाविक दावीका कारण पनि सिट बाँडफाँड थप जटिल बनेको छ । पाँचदलमाकांग्रेसले मात्र एक सय सिटमादावी गरेको छ । अनौपचारिक रुपमामाओवादी केन्द्रले ६०,एकिकृत समाजवादी र जसपालगायतले ३०÷३० सिट मादलहरुले दावीगरिरहेका छन । अर्कोतर्फ बाबुराम भट्टराई,महेन्द्र राययावद,राजकिशोर यादव, बामदेव गौतम पनि गठबन्धनमै रहेको दाबीगर्न थाले सिट बाँडफाँट फलामको चिउरा चपाए सरह हुने पक्का छ ।

यता नेताहरुभने गठबन्धन हुने भएपछि जित्ने सम्भावनाबलियो हुने भन्दै टिकट हत्याउनहानथाप सुरु गरेका छन् । सिन्धुपाल्चोक १ मागतनिर्वाचनमाविजयभएका सभामुखअग्निप्रसाद सापकोटा र कांग्रेस नेतामोहनबहादुर बस्नेतमध्ये कसले पाउँला टिकट? बस्नेतले टिकट नपाएसार्वजनिक रूपमै ‘विद्रोह’गर्ने चेतावनीदिइसकेका छन । झापा– १माकांग्रेस महामन्त्रीविश्वप्रकाशशर्मा माओवादी नेता रामकार्की आकांक्षी छन ।पहिलाजितेको क्षेत्र भएकाले त्यहाँकार्कीको दाबीकायम छ ।

तनहुँ– १माकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रकृष्णकुमार श्रेष्ठ (किसान)ले दाबीगरिरहेका छन् । गतनिर्वाचनमाजनमोर्चाकी सांसद दुर्गा पौडेल जितेको प्यूठानमा कांग्रेसको पनिदावी छ भने समिकण मिले बामदेव गौतामपनियहि क्षेत्रबाट चुनाव लड्ने दाउमा छन । एक मात्रनिर्वाचन क्षेत्र रहेको डोटीमा तत्कालीनएमालेबाट पूर्वमन्त्रीसमेत रहेका प्रेम आले र कांग्रेसका सुदूरपश्चिम सभापति रहेका वीरबहादुर बलायर छन । अधिकांश क्षेत्रमा गठबन्धनकै दुईभन्दा बढी दलका नेताहरुले दाबीगर्दायसको फाइदा उठाउने दाउमाप्रमुखप्रतिपक्षीदलएमाले रहेको छ ।

गठबन्धनलाई धरापमापार्ने लक्षका साथएमाले अध्यक्ष केपीओलीलेसार्वजनिकमञ्चमाअधिकांश समय गठवन्धनको विरोधमाखर्चिने गरेका छन् । २०७४ सालको निर्वाचनमाजसले जितहासिल गरेको हो आगामीनिर्वाचनमापनि उसैका उम्मेदवार उठाउने मोटामोटी सहमतिअनुसार केहि स्थानमा समझादारी जुटे पनि समग्रमा सिट वाँडफाट टुंग्याउन सत्तारुढ दलहरुलाई सकस परिरहेको छ । निर्वाचननजिकिएसँगै गठबन्धनमा देखिएको भागवण्डाको विवादले प्रतिपक्षीदललाई फाईदा पुग्ला त ?