Breaking

वाईसीएलको अध्यक्षमा सुवोधराज श्रीपाली


काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन् ।

काठमाडौँमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाले आइतबार श्रीपालीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए ।