काठमाडौँ — मुलुकको हरेक राजनीतिकआन्दोलनका योद्ध एवं प्रखर समाजावादी नेताप्रदिपगिरीको निधनले मुलुकशोकमा डुवेको छ ।नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।
आयो टप्प टिप्यो लग्यो मितिपुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्तीगरुन् झुकेर पाउमाविन्तीमान्दैन त्यो
मृत्यु न त कसैले छेक्न सक्छ न कसैले टार्न नै । ढिलो चाँडो मानिस जन्मेपछि सत्य भनेकै मृत्यु हो । नेपाली राजनीतिक क्षेत्रकाएक वौद्धिक राजनीतिज्ञ चिन्तक नेपाली कांग्रेसका नेता प्रदिपगिरीले शनिवार सदाकालागि यो संसार छाडे । विचारमा विलक्षण,त्यागी र सादगी नेतागिरीको निधनले राजनीतिक क्षेत्र स्तब्ध छ । राजनीतिमा सत्तास्वार्थ हावी भएको मुलुकमा विवेकको राजनीति गर्ने उनको चरित्रका कारण पनिगिरी एक उदाहरणीय पात्र बने । उनीकतिसम्मविवेक र निष्ठाको राजनीतिगर्थे भन्ने उदाहरण संविधानजारी गर्दा आफ्नो विमति जनाउँदै हस्तक्षर नै नगरेको प्रसंग हेर्दा थप प्रष्ट हुन्छ । कांग्रेसभित्र संस्थापक नेता विपिपछि प्रजातान्त्रिक समाजवादको व्याख्य विश्लेषण अनि चिन्तन मात्र होइन आफ्नो जीवनशैलीमा समेत उतार्ने नेताको रुपमागिरी परिचित छन ।वीपिलाईआफ्नो गुरु मानेर उनले सैद्धान्तिक बहस मात्र गरेनन् राजनीतिमा नै होमिए । विपिले पनि युवापुस्तालाई आकर्षण जगाउनका लागि गिरीलाई युवाहरुसँग जाड्ने काम गर्दथे । गान्धीकाअनुयायी, मार्क्सवादका ज्ञाता गिरी नेपालमा कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक मान्छन ।
गिरीले मार्क्सवाद, साम्यवादभित्रका समाजवादीआन्दोलन र व्यक्तित्वको गहनविश्लेषणका साथअनगिन्ती छिटपुट लेखहरु लेखेका छन । लेनिनको जीवनी नेपालीमाअनुवाद गरेपछि धेरैलाई त उनी कम्युनिष्ट नै हुन् भन्ने लाग्यो । माक्सवाद लेनिनवादवारे कम्युनिष्टले भन्दाप्रदिपगिरीले राम्रो ज्ञान राख्थे । यहि पृथक परिचयकाप्रदिपगिरीलाई कांग्रेसभित्रमात्रहोइन सबै पुस्ताका सबै नेताले आर्दश मान्छन । नेपालका कम्युनिष्टहरु समाजवादका प्रेरकको रुपमाप्रदीपलाई चिन्दछन् । प्रदिपगिरीको राजनीतिक चरित्रको अनुशरण गर्छन । समाजवादी चिन्तक तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गिरिको नेपाली राजनीतिले संधै प्रशंसामात्रगरिरह्यो ।त्यहिप्रिय र प्रेरक पात्र शनिबार सदाकालागि अस्ताए । नेपाली राजनीतिमा एउटा दियो निभ्यो ।


प्रतिक्रिया