Breaking

प्रदीप गिरीको अन्त्येष्टि,छोरा सन्तोष गिरीले दिए दागबत्ती


काठमाडौँ — समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरे। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे। गिरिलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गर्यो।

स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरीको गएराति निधन भएको हो। गिरीको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो। स्वर्गीय गिरीका श्रीमती र एक छोरा छन्। गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो।