काठमाडौँ — विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरे भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया