Breaking

कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिदै


काठमाडौँ — नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम बिदाइ चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्किएको शवयात्रा पशुपति आर्यघाट पुगेसँगै अन्तिम बिदाइ थालिएको हो। समाजवादी चिन्तक तथा सादगी नेता गिरिको अन्तिम बिदाइका लागि हजारौँ शुभेच्छुक, सर्वसाधारण र कांग्रेस कार्यकर्ता आर्यघाट पुगेका छन्।

त्यहाँ उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले अन्तिम श्रद्धाञ्जली दिँदैछन्। गिरिको अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिने भएको छ। सिरहाको बस्तीपुरमा जन्मिएका गिरिएको ७५ वर्षको उमेरमा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।