Breaking

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै भारतीय नेताहरू, भन्छ्न प्रिय र घनिष्ठ मित्र गुमाउनु पर्दा दुखित छौ


काठमाडौँ — भारतीय नेताहरुले पनि कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनमा दुःख ब्यक्त गरेका छन्। भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीले गिरीलाई आफ्ना प्रिय र घनिष्ठ मित्र भनेका छन्।

प्रिय र घनिष्ठ मित्र गुमाउनु पर्दा गम्भीर रुपमा दुखित छु। उनी लोकतन्त्रका योद्धा थिए। नेपालमा राजतन्त्र फ्याँक्ने संघर्षको उनले नेतृत्व गरे। भारतका लामो समयदेखिका घनिष्ट मित्र थिए। सलाम छ प्रदीप’ येचुरीले ट्विटमा भनेका छन्।