देश

सत्ता गठबन्धन चुनाव पछिसम्म कायम रहनेमा शंका छ : झलनाथ खनाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् ।

आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए ।