Breaking

दलहरुको घोषणापत्र भ्रमको पुलिन्दा,घोषणापत्र कि महत्वकांक्षी पत्र ?


काठमाडौँ — निर्वाचन राजनीतिकदलकालागिजनमतप्रमाणित गर्ने मौका हो । दलहरुले जनमत बटुल्न रच्ने अनेक प्रपञ्चमध्ये चुनावी घोषणापत्र महत्वपूर्ण छ । तर चुनाव केन्द्रित घोषणापत्रकार्यन्वयनहुननसक्दादलहरु सर्वाधिकआलोचितहुँदै आएका छन् । निर्वाचनताका सबैभन्दा धेरै चर्चा हुने विषयहो उम्मेदवार र दलहरुको घोषणापत्र । मतदाता रिझाउनकै लागिदलहरुले बाँड्ने ठुला र अस्वभाविक सपनाको श्रृङखला सुरु हुनबाँकीनै छ । उनीहरुअहिले सपनाबुन्ने गृहकार्यमा जुटेका छन ।

गतनिर्वाचनमामाओवादी केन्द्रएमालेले पार्टीएकतागर्ने भन्दै संयुतm घोषणपत्र सहित सुखी नेपाली समृद्ध नेपालको नारा बाँडे । तर शीर्ष नेतृत्वको सत्तामोह र पदीय लुछाचुँडीमा बहुमतको सरकार अनिआफ्नै घोषणापत्रको बली चढाए । तत्कालिन नेकपाको घोषणापत्र हात्तिको देखाउने दाँतजस्तो मात्रबन्यो । अहिले पाँचदलिय गठबन्धनलाई पछार्ने रणनीति सहितएमालेले चुनावीे घोषणापत्रको तयारीमा जुटेको छ। पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर घोषणा पत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार कामभईरहेको एमालेले छ ।

प्रमुखप्रतिपक्ष घोषणापत्रको तयारीमालागे पनि गठबन्धन तत्काल घोषणापत्रवारे सोच्नभ्याएको छैन । सत्तागठबन्धन सिट बाँडफाँडको सकसमा छ । साथै सत्तारुढ दलहरुलाईआन्तरिक रणनीति तर्जुमागर्न भ्याईनभ्याई छ । संयुक्त घोषणापत्रको तयारीमा रहेको गठबन्धनले के के मुद्यालाई प्राथमिकता देलाभन्ने विषययतिवेला सर्वत्र चासोको विषय बनेको छ । हुनत घोषणापत्रको सवालमा सबै राजनीतिकदलको अवस्थालगभग उस्तै छ । विगतलाई हेर्ने हो भने घोषणापत्र नागरिक झुक्याउने अस्त भन्दामाथि उठ्न सकेको छैन ।

मुलुक सञ्चालन र नीतिनिर्माणको उपल्लो थलो संसद हो । संसदीयनिर्वाचनआफैमा महत्वपूर्ण छ । संघियता कार्यन्वयनमा आएपछि दोस्रो पटक आगामीमंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनहुँदैछ । आममतदाताले दल र उम्मेदवारको योजनाकाआधारमा नै मतदानगर्ने गर्दछन् । मुलुकको सर्वागिण क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने घोषणापत्रलाई राजनीतिकदलहरुले कतिन्जेतभ्रमको पुलिन्दाबनाउलान् ? विषयसोचनीय छ ।