Breaking

माओवादीको महासचिवमा देव गुरुङले मारेबाजी,जर्नादन र वर्षमानलाई प्रचण्डको सबक


काठमाडौँ — अन्तत पार्टीको महाधिवेनशभएको नौ महिनापछि नेकपामाओवादी केन्द्रले पदाधिकारीलाई पूर्णतादिएको छ । लामो रस्साकस्सीकाबीचपार्टीको स्थायी कमिटी बैठकले पदाधिकारीको टुङगो लगाएको हो । नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले आफु अध्यक्षभएको नौ महिनापछि पदाधिकारीको टुङगो लगाएको छ ।

शनिवार पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामा बसेको स्थायीसमितिको बैठकले २१ सदस्यीयपदाधिकारीको टुङगो लगाएको छ । पदाधिकारीमा धेरै नेताहरु आकांक्षीबन्दासकसपूर्ण बनेको पदाधिकारी टुङग्याउने विषयअन्ततअध्यक्षप्रचण्डले पेश गरेको २१ सदस्यीय सुचि नै सर्वसम्मत बनेको छ ।

२१ सदस्यीयपदाधिकारीमा
अध्यक्ष : पुष्पकमलदाहाल ‘प्रचण्ड’
वरिष्ठउपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमानपुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिकायादव,हरिबोल गजुरेल
सचिव : दीनानाथशर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमानशाक्य, हितराज पाण्डे, डिलारामआचार्य र रामकार्की
कोषाध्यक्ष : श्रीराम ढकाल रहेका छन ।

महासचिवमाजर्नादनशर्मा र वर्षमानपुनको चर्चा भएपनिअन्ततःदेव गुरुङले बाजीमारेका छन । माओवादीबाट बिद्रोह गरेर मोहन बैद्य किरण नेतृत्वको नेकपाक्रान्तिकारी माओवादीमा रहेका गुरुङ रामबहादुर थापाबादलसँगै ०७४ को निर्वाचन अगाडि पुनमाओवादी केन्द्रमाफर्किएकाथिए । सो समूहसँगै पार्टी प्रवेश गरेकीपम्फा भुसालले पनिमहासचिवमै दाबीगर्दै आएकीथिइन् ।

तर उनले उपमहासचिवमाचित्तबुझएकी छिन् । असार २३ गतेको केन्द्रिय कमिटि वैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन गरेको थियो । गतपौषमा सम्पन्नमहाधिवेशनले सर्वसम्मतअध्यक्ष बनेका प्रचण्डले वरिष्ठ उपाध्यक्ष, महासिचवसहित १५ जनापदाधिकारी चयन गर्नु पर्नेथियो । तर आकाँक्षी धेरै भएको कारण पदाधिकारी संख्या २१ पुर्याइएको हो ।

यससँगै यो निर्णय केन्द्रीय कमिटीबाट पास गर्नुपर्ने भएको छ । त्यसैगरी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीयनिर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन पनि गरेको छ । जसको सदस्यहरुमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमानपुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुरामतामाङ, अमृताथापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।