Breaking

माओवादीले घोषणापत्र तयार गर्न बनायो १७ जनाको टिम


काठमाडौँ — नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि चुनावी घोषणापत्र बनाउने भएको छ । शनिबार काठमाडौंको पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा तयार पार्ने टिम गठन गरेको हो । पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम तयार भएको बताए । घोषणापत्र तयार पार्न एउटा टिम बनाएका छौं ।

गठबन्धनको तर्फबाट पनि कोसिस भइरहेको छ। हाम्रो एउटा मस्यौदा तयार होस् भनेर हामीले १७ जनाको एउटा टिम बनाएका छौं,’ उनले भने । त्यस टिममा देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोकाय, जाकिर हुसैन, पर्शुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिम्खडा छन् ।