काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरिको शरीरका धेरै अंगहरूले काम गर्न छाडेको छन् । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शरीरका धेरै अंगहरूले काम गर्न छाडेको उनको परिवारले जनाएको छ । शनिबार भारती सिलवाल गिरिले जारी गरेको एक प्रेस नोटमा गिरिलाई निमोनियाले एकदमै चापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएकी छन् ।
गिरिलाई क्यान्सर देखिएपछि भारत लगेर उपचार गरिएको थियो । पछि उनमा निमोनिया र क्यान्सरका असरहरू देखिन थालेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको उनले बताएकी छन् ।
अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहनुभएको छ र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको छ,’ भारतीले जारी गरेको प्रेस नोटमा भनिएको छ । भारतीले अस्पताल परिवारलाई धन्यवाद समेत व्यक्त गरेकी छन् । यस्तै उनको स्वास्थ्य लाभको कामना गर्न अनुरोध समेत गरेकी छन् ।



प्रतिक्रिया