Breaking

सुध्रिएको काँग्रेसले नै देशको विकाश गर्छ : नैनसिंह महर (भिडियोसहित)


काठमाडौँ – देश विकासको मेरुदण्ड मानिएका युवाहरु नत नेतृत्वमा पुग्न सकेका छन नत उनीहरुका समस्यामा सरकार संवेदनशील नै छ । राजनीतिक क्षेत्रमा पुस्तान्तरणकोवहस चर्किए पनि नेतृत्व भने वुढाहरुको कब्जाबाट बाहिर आउन सकेको छैन ।

काग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा सभापती शेरबहादुर देउवामाथि प्रश्न उठेपछि उनले फेरी सभापती बन्ने धम्की दिए । विधानत त्यो सम्भव नभएपनि आफूलाई किचकिच गरे विधान नै संसोधन गरेर सभापती बन्ने उनको चेतावनी थियो । देउवाको यो भनाइको कांग्रेसकै अरु नेताले खुलेर विरोध गर्न सम्म सकेनन् ।

जुन नेतृत्वमा पुस्तान्तरणको वसह गरिरहेको कांग्रेस नेताहरुको लागि लज्जाको विषय थियो । तर यो मनोमानीमा केवल देउवा मात्र दोषी छैनन् । पार्टीभित्र पनि पुस्तान्तरण हुनुपर्ने माग राख्ने तर अन्तिम उनलाई जीउ हजुरी गरेर सभापती बनाउने नेताहरु समेत यसका भागीदार हुन । भलै पछिल्लो महाधिवेशन बाट युवाको सहभागीता कांग्रेसमा जबरजस्त बन्दै गएको छ । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग गरिएको अन्तर्वार्ता :