Breaking

मदिरा पार्टीमा मस्त फिनल्याण्डकी प्रधानमन्त्री, विपक्षीले लगायो लागूऔषध सेवनको आरोप


काठमाडौँ — फिनल्याण्डकी प्रधानमन्त्री सन्नामारिनयतिखेर विवादमातानिएकी छन् । मद्यपान गरेर मात्तिएको भिडियो भाइरल भएसँगै उनीविवादमा मुछिएकी हुन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्नामारिन रक्सी खाएर मातेको भिडिओ यतिखेर सामाजिक सञ्जालमाभाइरल भइरहेको छ।जसका कारण उनीमाथिविपक्षीदलका नेताहरु खनिएका छन् ।

प्रधानमन्त्रीले आफ्नो पदीयजिम्मेवारी कायम राख्ननसकेको भन्दै विपक्षीदलका नेताहरुले उनीको राजीनामाको माग नै गरेर विरोध गरिरहेका छन् । भाइरल भिडियोमाप्रधानमन्त्रीमारिन एक अपार्टमेन्टमा आफ्ना साथीसंगीसँगमध्यपानगर्दै नाचिरहेको देखिन्छन् । सुरुमा इन्स्टाग्रामको स्टोरीबाट भाइरल भएको उक्त भिडियोको आधारमाउनलाई विभिन्न टिका टिप्पणी पनिआइरहेको छ ।

भिडियो सार्वजनिक भएपछि विपक्षीदलहरूले प्रधानमन्त्री मरीनले आफ्ना साथीहरूसँग लागूऔषध सेवनगर्ने गरेको आरोप लगाएका छन् । साथै उनीहरुले मरिनको राजीनामामागपनिगरिरहेका छन् । भिडियोलाई नै लिएर मानिसहरुले विभिन्नप्रतिक्रियादिइरहेका छन् । कतिपयले यसलाई सामान्यभनेका छन् भने कतिपयले साना मरिन फिनल्याण्डको प्रधानमन्त्रीबन्न योग्य छैनन् भनेका छन् ।

मारिनले भने विपक्षीको आरोपको खण्डन गर्दै आफुले लागूऔषध सेवनगर्ने नगरेको र आफू स्वास्थ्य परिक्षण गराउनतयार रहेको प्रतिक्रियादिएकी छन् । मारिन यसभन्दा अघि पनि यस्तै विषयले विवादमातानिसकेकीथिइन् । कोरोनाको समय पार्टी गरेको भन्दै उनको त्यति खेर पनिविवादभएको थियो । लगत्तै उनले पछि माफिपनिमाग्न परेको थियो ।

३६ वर्षअघि मध्यमवर्गीय परिवारमाजन्मिएकीमारिनको बाल्यकालनिकै तनाव पूर्ण रहेको थियो । सानै हुँदाबुबाआमाको सम्बन्धविच्छेदका कारण आर्थिक अभावझेल्नु परेको उनले बेकरीमापनिकाम गरेकीथिइन् ।
१९ वर्षकै उमेरमा स्नातक उत्तीर्ण सकेकीउनले स्नातकोत्तर तहसम्मअध्ययन गरेकी छिन् टेम्परे विश्वविद्यालयमाअध्ययन गरेपछि उनी सार्वजनिकविद्यालयमाशिक्षिकापनिभइन् । त्यस क्रममा सन् २०१५ मा २९ वर्षकै उमेरमा सांसद बनिन् । राजनीतिमा छलाङ मारेकीउनी सन् २०१९ मा३४ वर्षकै उमेरमाप्रधानमन्त्री बनेरविश्वकै कमउमेरकीप्रधानमन्त्रीबन्न सफलभएकीथिइन् ।