काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि हिजो (बिहीबार) बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भन्दै बिहीबार अपराह्न ४ बजेलाई सारिएको थियो ।
यही समयमा बहुचर्चित नागरिकता विधेयकको पक्षमा मतदानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सांसदहरु संसद भवन पुग्न परेपछि बैठक स्थगित गरिएको थियो ।
आजको बैठकमा माओवादी पदाधिकारी टुंगो लगाइने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया