Breaking

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, के गर्लान् देउवा, प्रचण्ड र नेपाल ?

कार्यदल विफल


काठमाडौँ — प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेरै निर्वाचन लड्ने सत्तागठबन्धनको निर्णय सिट वाँडफाटका कारण थप पेचिलो बनिरहेको छ । अन्य साना दलसमेत गठबन्धनमा थपिँदा प्रत्यक्षतर्फको १ सय ६५ सिटको बाँडफाँट थप जटिल बन्ने देखिएको छ ।

गठबन्धन सहित प्रदेशर प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरेको सत्ता गठबन्धन यत्ति बेला सिट बाँडफाँडको सकसमा छ । शीर्ष नेतृत्वले सिट बाँडफाँडमा सहमति जुटाउन कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गर्यो । तर१२ बुँदे विस्तृत शान्ति सम्झौतादेखि सात दललाई सहमत बनाएर माओवादीलाई मुलधारको राजनीतिमा ल्याउन समेत सफल बनेका सिटौला सत्तागठबन्धनको सिट बाँडफाँडबारे सहमति जुटाउन भने उनी सफल भएनन् ।

गठबन्धनका दलहरुको बटमलाईन बुझन् सिटौला नेताहरुको घर घर धाए पनि अझै ठोषप्रस्ताव गर्न नसक्दा पुन शीर्ष नेताहरुले नै सहमति जुटाउने तयारी छ । गत निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मतभारका आधारमा दलहरुले सिट संख्या मागेका छन । प्रत्यक्षतर्फ १ सय ६५ सिटमा गठबन्धनमा आवद्ध दलहरुको अस्वभाविक दावीका कारण पनि सिट बाँडफाँड थप जटिल बनेको छ । पाँच दलमा कांग्रेसले मात्र एक सय सिटमा दावी गरेको छ ।

अनौपचारिक रुपमा माओवादी केन्द्रले ६०, एकिकृत समाजवादी र जसपा लगायतले ३०÷३० सिट मा दलहरुले दावी गरिरहेका छन । अर्कोतर्फ बाबुराम भट्टराई,महेन्द्र राय यावद,राजकिशोर यादव, बामदेव गौतम पनि गठबन्धनमै रहेको दाबी गर्न थाले सिट बाँडफाँट फलामको चिउरा चपाए सरह हुने पक्का छ ।

यता नेताहरु भने गठबन्धन हुने भएपछि जित्ने सम्भावना बलियो हुने भन्दै टिकट हत्याउन हानथाप सुरु गरेका छन् । सिन्धुपाल्चोक १ मा गत निर्वाचनमा विजय भएका सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतमध्ये कसले पाउँला टिकट ? बस्नेतले टिकट नपाए सार्वजनिक रूपमै ‘विद्रोह’ गर्ने चेतावनी दिइसकेका छन । झापा– १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादी नेता राम कार्की आकांक्षी छन ।पहिला जितेको क्षेत्र भएकाले त्यहाँ कार्कीको दाबी कायम छ । तनहुँ– १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रकृष्णकुमार श्रेष्ठ (किसान)ले दाबी गरिरहेका छन् ।

गत निर्वाचनमा जनमोर्चाकी सांसद दुर्गा पौडेल जितेको प्यूठानमा कांग्रेसको पनि दावी छ भने समिकण मिले बामदेव गौताम पनि यहि क्षेत्रबाट चुनाव लड्ने दाउमा छन । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा तत्कालीन एमालेबाट पूर्वमन्त्रीसमेत रहेका प्रेम आले र कांग्रेसका सुदूरपश्चिम सभापति रहेका वीरबहादुर बलायर छन । अधिकांश क्षेत्रमा गठबन्धनकै दुईभन्दा बढी दलका नेताहरुले दाबी गर्दायसको फाइदा उठाउने दाउमा प्रमुख प्रतिपक्षी दल एमाले रहेको छ । गठबन्धनलाई धरापमा पार्ने लक्षका साथ एमाले अध्यक्ष केपी ओलीलेसार्वजनिक मञ्चमा अधिकांश समय गठवन्धनको विरोधमा खर्चिने गरेका छन् ।

२०७४ सालको निर्वाचनमा जसले जित हासिल गरेको हो आगामी निर्वाचनमा पनि उसैका उम्मेदवार उठाउने मोटामोटी सहमति अनुसार केहि स्थानमा समझादारी जुटे पनि समग्रमा सिट वाँडफाट टुंग्याउन सत्तारुढ दलहरुलाई सकस परिरहेको छ । निर्वाचन नजिकिएसँगै गठबन्धनमा देखिएको भागवण्डाको विवादले प्रतिपक्षी दललाई फाईदा पुग्ला त ?