Breaking

माओवादी केन्द्रको पदाधिकारी लगभग टुंगियो


काठमाडौँ — नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । आज बिहीबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव हुने पक्का जस्तै छ ।

महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।