Breaking

संसदमा भीम रावलको कविता


काठमाडौँ — एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् । उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ ।

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ ।

नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए । राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।