Breaking

शेखर कोइराला पक्षका जनप्रतिनिधिलाई छुट्टै बधाई तथा चियापान


काठमाडौँ — काठमाडौँ —नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

कोइरालाले स्थानीय निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई छुट्टै बधाई तथा शुभकामना कार्यक्रम आयोजना  गरेका हुन् ।

सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । लगत्तै बुधबार बिहान कोइराला समूहले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै चियापान तथा बधाई काय्रक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख र जिसस प्रमुख-उपप्रमुख सहभागी छन् ।