Breaking

गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै


काठमाडौँ — सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । बुधबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा आजको बैठकमा ठोस निश्कर्ष निस्कनेगरी छलफल हुनेछ ।

कार्यदलले प्रतिवेदन तयार गरेर बाँकी काम पूरा गर्नका लागि शीर्ष नेताहरुलाई जिम्मा लगाउने भएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ०७४ को निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतलाई आधार बनाइने भएको छ ।