काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ । बैठक ३ बजे बोलाइएको छ ।
आजको बैठकमा आगामी आम निर्वाचनसँग केन्द्रीत भएर छलफल हुने बताइएको छ । यसअघि मंगलबार (३१ साउन) मा पनि माओवादी स्थायी कमिटी बैठक बसेको थियो । बैठकले डा.बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने निर्णय गरेको थियो ।
मंसिर ४ गते हुने निर्वाचनमा भट्टराई र गौतम दुवैले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् । भट्टराईले गोरखा–२ बाट आफ्नो टिकट सुरक्षित गरेका छन् भने गौतम प्युठानबाट निर्वाचन लड्ने भएका छन् ।


प्रतिक्रिया