Breaking

प्रदेश १ र वाग्मती प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ – आज देशभर सामान्यदेखि आंशिक बदली रहने भएको छ ।

प्रदेश १ र वाग्मती प्रदेशका केही बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 
अहिले प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।