Breaking

हामी गठबन्धनकै अंग हौं यसमा कसैलाई भ्रम नपरोस्: बाबुराम भट्टराई


काठमाडौँ — जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराईले आफूहरु पनि गठबन्धनकै अंग भएको बताएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलपछि उनले भने, हामी गठबन्धनकै अंग हो । यसमा कसैलाई भ्रम नपरोस् । हामी गठबन्धनभित्रै हौं ।

माओवादीले आजमात्रै बाबुरामलाई माओवादीको पार्टी चिन्ह दिने निर्णय गरेको थियो। माओवादी र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा संयुक्त निर्वाचनमा सहभागी हुने र चुनाव चिन्ह पनि एउटै लिनका लागि निवेदन दिएका छन् । उनले वर्तमान अवस्थामा अलग अलग जानुभन्दा पनि गठबन्धन दलसँग एकता गरेर जानु ठीक भएको बताए। उनले माओवादीसँग चुनावी तालमेलमात्र गरेको समेत प्रस्ट्याए ।