काठमाडौँ — राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्र को चुनाव चिह्न लिएको बताएका छन् । आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताएमा हुन् । चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको .जानकारी दिए ।
सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने कताए । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको उनको भनाइ छ । म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो ।’
हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको गौतमले दाबी गरे । इमानदारिताका साथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गर्यो । गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।


प्रतिक्रिया